Logo

प्रचण्डका नातिनीहरु एकसाथ मिडियामा आए , ऋषि धमलासँग रोचक कुराकानी (भिडियोसहित)



काठमाडौं, २८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नातिनीहरु एकैपटक मिडियामा आएका छन् । शनिबारको रमाईलो गफगाफ प्राईम स्पेशलमा पत्रकार ऋषि धमलासँग उनीहरुले रोचक कुराकानी गरेका छन् ।

गायन क्षेत्रमा निकै चर्चा कमाईसकेकी गायिका स्मिता दाहालले हजुरबुवा प्रचण्ड भावुक स्वभावको भएको सुनाईन् । आफूलार्ई गीत संगितमा लाग्नसमेत हजुरबुवाले समेत प्रेरणा दिएको सुनाईन् । भरतपुर महानगरकी मेयर रेणु दाहालकी छोरी प्रतिमा दाहालको पनि रुचि गीत तथा संगितमा नै रहेको सुनाईन् । उनले आफूलाई गीत गाउन भने नआउने स्पष्ट पारिन् । उनले आफूलाई नृत्य गर्न भने विशेष रुचि र रमाईलो लाग्ने सुनाईन् ।

प्रचण्डका भतिजा समिर दाहालकी छोरीको पनि गीत तथा संगितमा रुचि रहेको छ । तर, उनले आफूमा त्यो किसिमको क्षमता भने नभएको स्विकार गरिन् ।



प्रतिक्रिया दिनुहोस्