Logo

विकासका लागि नयाँ मोडल खोज्नुपर्छ : प्रचण्ड (फोटोसहित)



काठमाडौं, ३१ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका नयाँ मोडलको खोजी गर्नुपर्नेमा जोड दिएका छन्। प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी दिएका हुन् ।

मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तर्रा्ष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वानसमेत गरेका छन् ।

दाहालले नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी आफूहरुको कार्यशैलीमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने पनि खतरा औंल्याए । अध्यक्ष प्रचण्डले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निष्तेज पारेर अर्गा्निक कृषिबाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास व्यक्त गरे। २ दिनसम्म चल्ने सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुकहरु सहभागी भएका छन्।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्