Logo

विकास बजेटले धमाधम गाडी किन्दै



काठमाडौं ३ जेठ । अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

संसद सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो । पाँचवटा गाडी खरिद गरेको महिना दिन पनि बित्न नपाउँदै संसद सचिवालयले फेरि ११ गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको हो ।

संसद सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ गाडी खरिद गर्दै आएको छ । सचिवालयले दुई वर्ष यता २३ वटा गाडी किनिसकेको छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्