Logo

मोटरसाईकल पछाडि बस्नेले पनि अब अनिवार्य हेलमेट लगाउनुपर्ने (फोटोफिचर)



काठमाडौं, ५ जेठ । सरकारले अब मोटरसाईकल र स्कुटरमा सवार हुने अर्थात पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो जानकारी दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले भने,‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौँ। यातायात व्यवस्था ऐन २,३ महिनामा स्वीकृत(पास) हुन्छ र करिव ६ महिनामा यो कार्यान्वयनमा आउछ ।’

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्