Logo

शिक्षाका लागि जनचेतना म्याराथन सम्पन्न



काठमाडौं, ११ जेष्ठ । शिक्षाका लागि जनचेतना म्याराथन सम्पन्न भएको छ । एकल विद्यालय अभियान नेपाल र डिएभी स्कुल जावलाखेलको समन्वयमा बालबालिका स्कुलमा पुग्न सक्दैनन् भने विद्यालय बालबालिकाहरुसम्म पुगुन भन्ने उद्देश्यका साथ शिक्षाका लागि दौड सम्पन्न भएको हो ।

डिएभी स्कुलबाट सुरु गरिएको दौड जावलाखेल, पुल्चोक, बखुण्डोल, झम्सीखेल हुँदै पुन डिएभी स्कुलमा आई समापन गरिएको थियो ।
कूल एक सय छात्र–छात्राहरु सहभागी रहेको दौड प्रतियोगीमा पहिलो, दोस्रो र तेस्रो हुने छात्रा र छात्रहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एकल विद्यालय सञ्चालनका लागि १२५ जनाको सहयोगी हातहरुबाट सङ्कलन गरिएको ६२ हजार रुपैयाँ २ वटा एकल विद्यालयलाई हस्तान्तरण गरिने एकल युवा समितिका अध्यक्ष महेश घिराईयाले जानकारी दिए ।

जनकल्याण प्रतिष्ठान नेपालद्वारा सञ्चालित एकल विद्यालय अभियान हाल ५३ जिल्लामा २२७० स्थानमा सञ्चालित छन् । जनकल्याण प्रतिष्ठान नेपालले हिमाल, पहाड र तराईका जुनसुकै ठाउँ वा बस्तीहरुमा रहेका स्कुल जानबाट बन्चित बालबालिकाहरुका लागि एक जना शिक्ष या शिक्षिका राखी उनीहरुलाई साक्षर, सस्कार, नैतिक शिक्षा, योग, व्यायाम आदी सिकाउँदै व्यक्तित्व विकासका साथंै असल (सस्कारित) नागरिक बनाउने अभियानमा जुटिरहेको छ ।

कार्यक्रममा डिएभी विद्यालयका उपप्राध्यापक रामचन्द्र खनालले साँस्कार शिक्षाका लागि एकल विद्यालय अभियानले महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा एकल विद्यालय फाउण्डेशन नेपाल अध्यक्ष महावीर घिराईया, महासचिव सुनिलकुमार अग्रवाल, काठमाडौं च्याप्टरका अध्यक्ष नारायण बजाज, राष्ट्रिय नगर महिला समितिकी अध्यक्ष विमला बगडिया, महासिचिव सुनिता अग्रवाल, कोषाध्यक्ष रेखा घिराईया र डिएभी स्कुलका अध्यक्ष अनिल केडियाको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्