Logo

मानवसाङ्लो बनाएर गोदावरी खोला सफाईको अभियान आरम्भ



ललितपुर । गोदावरी खोला संरक्षण र सफाईको अभियानले आजबाट औपचारिकता पाएको छ । खोलामा मानवसाङ्लो बनाएर ऐक्यवद्धता सहित अभियान शुरु गरिएको हो ।

विश्व वातावरण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा गोदावरी खोला किनारका लामकुण्ड, नहरको पुल, आमाघरको पुल, रचनाटारको पुल, हाँडेगाउँको पुल, शिव मन्दिर धर्मटार, धर्मटार साविककको पुल, धर्मटार ९ नम्बर जोड्ने पुल, बिष्णुडोल पुल, लुभु जाने पुल, महालक्ष्मी वडा नम्बर ७ र ५ जोड्ने पुल, बालकोट पुल, टिकाथली रातो पुल, हनुमन्ते मुल गरी १४ स्थानमा स्थानीय र वातावरण अभियन्ता जम्मा भई मानव साङ्लो बनाएका थिए ।

कार्यक्रममा वातावरण संरक्षण र खोला जोगाउने अभियानलाई दृष्टिगत गरी नारा लगाइएको थियो । खोला अझै सम्म प्रयोगका लागि योग्य भएपनि पछिल्लो समय पानीको स्रोत घट्नका साथै प्रदुषण बढ्न थालेको छ । यसप्रति स्थानीयबासिन्दा चिन्तित छन् । नदीको पानी अवैध तरिकाले विक्रीवितरण भइरहेको छ । यसलाई रोक्न समेत स्थानीय जागरुक हुने देखिएको छ ।

गोदावरी खोलाको पानी अझै नुहाउन र लुगा धुन योग्य छ । फुलचोकी क्षेत्रमा मुहान रहेको उक्त खोलाको मुख्य मुहान गोदावरी कुण्ड हो । गोदावरीको कञ्चन पानी बग्दै गोदामचौर, बिष्णुडोल, लुभु, टिकाथली हुँदै मनहरामा मिसिन्छ । मनहरा खोला निकै फोहोर छ भने दक्षिणबाट बगेर आउने गोदावरी खोलाको पानी सफा छ ।

Related News :

https://reportersnepal.com/2019/06/321321.html

https://reportersnepal.com/2019/06/321359.html



प्रतिक्रिया दिनुहोस्