Logo

जबजको औचित्य सकियो : खनाल



जेठ २२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र वान म्यान वान पोष्टकै अवधारणामा जानुपर्ने बताएका छन् । तत्कालका लागि केन्द्रमा लागु नभए पनि जिल्ला तहमा अहिलेदेखि नै एक व्यक्ति एक पदको अवधारणाअनुसार जिम्मेवारी दिनुपर्ने खनालको तर्क छ ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खनालले अहिले कुनै पनि पदमा रहेका व्यक्तिलाई जिल्लाको कुनै पनि जिम्मेवारी दिन नहुने बताएका हुन् ।

खनालले भोलीसम्ममा सहमति भएन भने अध्यक्ष केपी ओली युरोपबाट फर्केपछि मात्रै जिल्ला इन्चार्ज, सह इन्चार्ज र पोलिटव्यूरो गठन हुने बताए ।

अध्यक्षद्धय दाहाल र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो भने त्यो पालना हुनुपर्ने खनालले बताए । यद्यपी यस विषयमा अहिलेसम्म पार्टीभित्र छलफल नभएको खनालको तर्क छ । तर पार्टी एकता गर्दा भएका सबै सहमति अक्षरस पालना गर्नुपर्नेमा खनालले जोड दिए ।

ओलीपछि दाहाल नै प्रधानमन्त्री बन्ने विषयमा सहमति गर्नुपर्ने खनालको भनाई थियो ।

नेता खनालले मदन भण्डारीले प्रत्युपात्दन गरेको जनताको बहुदलीय जनवादको औचित्य सकिएको भन्दै अब माक्र्सवाद र लेलिनवाद नै पार्टीको सिद्धान्त हुनुपर्ने बताएका छन् ।

भारतमा विजेपीका कारण नभै नरेन्द्र मोदीका कारण बहुमत आएको तर नेपालमा भने ओली वा दाहालका कारण नेकपाले बहुमत नल्याएको खनालले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्