Logo

वीर अस्पताल र ट्रमा सेन्टर अपाङ्ग



जेठ २९, काठमाण्डौ । सरकारले सम्वृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर अघि बढीरहेको छ । तर मुलुककै राजधानीभित्र रहेको त्यो पनि सरकारी अस्पतालको हालत र तिनले दिने सेवा हेर्दा सरकारको त्यो सुन्दर नारालाई गिज्याइरहेको छ । नेपालकै जेठो अस्पताल विरअस्पताल र विगत ५ बर्षदेखि संचालनमा आएको ट्रमा सेन्टरमा अहिले एमआरआइ मेसिन नहुदां विरामीहरु चर्कोमारमा परेका छन । ७ हजार रुपैयाँमा हुने एमआरआइ निजी अस्पतालमा गएर ३० हजारसम्म तिर्न बाध्य भएका छन ।

अस्पताल संचालनमा आएको ५ बर्ष सम्म पनि अस्पतालमा एमआरआइ गर्ने उपकरण मेसिन छैन भन्दा तपाइलाई अचम्म लाग्न सक्छ,त्यो पनि देशकै सरकारले संचालन गरेको अस्पतालमा । हो, काठमाडौंको विरअस्पतालसंगै रहेको ट्रमा सेन्टरमा अहिलेसम्म एमआरआइ उपकरण नै छैन । जसका कारण ट्रमा सेन्टरमा आउने अधिकांश विरामीहरु महंगो शुल्कमा निजी अस्पतालहरुमा एमआरआइ गर्नुपर्ने बाध्यता छ ।

अस्पताल संचालमनमा आएको ५ बर्षभइसक्दा समेत अस्पतालले एउटा एमआरआइ मेसिन किन्न भने नसक्ने होइन,बर्षेनी स्वस्थ्य मन्त्रालयले विभिन्न सरकारी अस्पतालहरुलाई करोडौं बजेट समेत छुट्याउने गर्दछ । तर अस्पतालको जिम्मेवारी लिएका व्यत्तिहरुले कुनै चासो नै देखाएको देखिदैन । यता राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक प्रमोकुमार यादव भने सरकारसँग पटक पटक आग्रह गर्दापनि सरकारले अझै सम्म कुनै कदम नचालेको बताउँछन ।

एक जना सेवा ग्राहीको एमआरआइ गर्दा ७ हजार पर्ने गर्दछ । तर ट्रमा सेन्टरमा नै एमआरआइ उपकरण नहुदा त्यहा आउने विरामीले महंगो शुल्क अर्थात २५ हजार देखि ३० हजार सम्म तिर्न बाध्य हुने गरेका छन ।

यति मात्रै होइन, ट्रमा सेन्टर नजिकैको विर अस्पतालमा समेत एमआरआइ मेसिन विग्रीएको महिनौ बितिसक्यो त्यसको मर्मतसंभारको लागि पनि कसैले ध्यान दिएको छैन । जसले ट्रमामा आएका विरामीहरुको एमआरआइ गर्नुपरे निजि अस्पतालहरुमा सिफारिस गर्ने गरेका छन । लाजमर्दो कुरा त के छ सरकारी अस्पताल मात्रै होइन सम्रग्र मुलुककै स्वस्थ्य क्षेत्रमा काम गर्ने निकाय स्वास्थ्य मन्त्रालय यसबारेमा पुरै बेखवर छ । यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्त महेन्द्र श्रेष्ठले अस्पतालमा भइरहेको समस्याबारे जानकारी नभएको बताए ।

सबै भन्दा विरामीको भिडभाड रहने राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उपकरण ल्याइन्छ तर सेवा ग्राहीले उपकरण प्रयोग गर्नै पाइदैन । अनेक बाहानामा उपकरण विग्रीएको काम नगर्ने भन्दै उक्त अस्पतालहरुमा कार्यरत चिकित्सकहरुले आफ्नो निजी क्लिनिङ तथा आफन्तका अस्पतालहरुमा सिफारिस गर्ने गरेको समाचारहरु पनि बाहिर नआएको होइनन ।

वीर अस्पताल र ट्रमा सेन्टरले ४० करोड ९८ लाख रुपैयाँमा खरिद गरेर ल्याएका दुई वटा नयाँ अत्याधुनिक मेसिनहरू समेत झन्डै डेढ वर्षदेखि अस्पतालमै थन्किएका छन् ।तर भएको उपकरणको समेत सहि उपयोग गर्न नसक्ने अस्पताल प्रशासन भने अस्पतालको अत्याधिक चापका कारण बिग्रने गरेको गैरजिम्मेवारपुर्ण जवाफ दिने गरेका छन् ।

वीरका निर्देशक केदार सेन्चुलीले चाप थेग्न नसकेर उपकरण व्यवस्थापन गर्न नसकिएको बताए ।

स्वस्थ्य क्षेत्र भनेको संवेदनशिल क्षेत्र मानिन्छ । तर राजधानीभित्रै रहेको सरकारी अस्पतालको हालत त यस्तो छ भने बाहिर रहेका अस्पतालहरुको हालत के कस्तो होला र आम जनताले कस्तो स्वस्थ्य सेवा पाइरहेको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्