Logo

विज्ञापन रद्द गर्ने निर्णय नमान्ने लोकसेवाको चेतावनी



काठमाडौं, २८ जेठ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिने निर्णय आएसँगै चौतर्फी विरोध सुरु भएको छ । विभागीय मन्त्री लालबाबु पण्डित पनि समितिको निर्देशनप्रति असन्तुष्ट छन् ।

मन्त्री पण्डितले त समितिले पटक पटक तागेता गर्दापनि बैठक छलेका थिए । आयोगले पनि विज्ञापन रद्द गर्ने समितिको निर्देशन गलत भएको प्रतिक्रिया दिएको छ । आयागेका एक सदस्यले भने,‘समितिको निर्णय हामी मान्दैनौं ।’

आजपनि आयोगको कार्यालयमा समितिको निर्णयका बारेमा चरणबद्ध रुपमा छलफल भएको थियो । आयोगका प्रवक्ता किरणराज शर्माले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार आयोगले समितिले गरेको निर्णयबारेमा पटक पटक छलफल गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्