Logo

गुठी विधेयकविरुद्ध चल्दैछ आन्दोलनको आँधीबेहरी (फोटो फिचर)



काठमाडौं, ३२ जेष्ठ । गुठी विधेयकलाई सामन्दवादको एउटा स्वरुप देखेको सरकारले यसको मर्मविरुद्ध कानुन परिमार्जन गर्न खोजेको छ । सरकारले ल्याएको गुठी विधयेक विरुद्ध काठमाडौं उपत्यकावासी विरोधमा उत्रिएका छन् ।

विशेषगरी नेवार समुदायले विधयेकले धर्म संस्कृति सखाप हुने भन्दै तत्काल फिर्ता लिन माग राखेका छन् । तर, सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यसलाई सामन्तवादी स्वरुप भनेर सामन्तवादलाई भत्काउने अभिव्यक्ति दिए ।

सत्तारुढ नेकपाका सांसद मेटमणि चौधरीले धर्मको नाममा किसान मार्ने प्रथा भनेपछि आन्दोलनको आगोमा घ्यू थपिएको छ । गुठी प्रथालाई सक्याउने गरी सरकार लागिपर्दा यसको रक्षार्थ नागरिक स्वतस्फूर्त उठेका छन् ।

यो हप्ता काठमाडौं उपत्यकामा आन्दोलनका कार्यक्रम भएका छन् । पाटनको मङ्गलबजारमा गुठी विधेयकका विरोधीहरुले बिहिबार शक्ति प्रदर्शन गरे । शुक्रबार साँझ मसाल जुलुस निस्किएको छ । विधेयक फिर्ता नलिए आन्दोलनको आँधीबेहरी सृजना गरिने चेतावनी दिइरहेका आन्दोलनकारीले काठमाडौंको वसन्तपुरमा जम्मा भएर विरोध गरेका छन् ।  परम्परागत जात्रा, पर्वमाथि समेत ठेस पुग्नेगरी विधेयक ल्याइएको भन्दै अभियन्ताहरुले माइतीघरबाट शुरु गरेको आन्दोलन विस्तारै फैलदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्