बारा, ६ असार । १८ हजार घुस लिने डिठ्ठालाई अख्तियारले पक्राऊ गरेको छ । जिल्ला अदालत बारा कलैयामा कार्यरत डिठ्ठा सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नका लागि सेवाग्राहीसँग घुस मागेपछि घुस रकमसहित रङ्गेहात पक्राऊ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले चौधरीलाई पक्राऊ गरी अनुसधन गरिरहेको छ । उनी कलैयाको चीयापसलबाट घुस रकमसहित पक्राऊ परेका थिए ।