कठमाडौं, ६ असार । इमाडोलमा प्रभु बैंकले शाखा खोलेको छ । बिहिबार महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् ।
महालक्ष्मी नगरपालिका १ मा खोलिएको शाखाले त्यस क्षेत्रका जनता लाभान्वित हुने आशा गरिएको छ । प्रभु बैंकले देशभर शाखा विस्तार गरिरहँदा इमाडोलमा शाखा कार्यालय खोजेको हो ।
पछिल्लो समय तिव्र जनसंख्या वृद्धि र कारोबार बढेपछि बैंकहरुको आकर्षण महालक्ष्मी नगरपालिकामा बढेको छ । इमाडोलमा प्रभु बैंक पुगेपछि स्थानीयलई बैंकिङ कारोबार गर्न सहज भएको छ ।