Logo

नेकपा सचिवालय निश्कर्षविहीन



असार ७, काठमाण्डौ । आज बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँटमा सहमति जुटाउन सकेन ।
आजको बैठकमा राजनीति प्रतिवेदन पेश भएको थियो ।

तर, प्रतिवेदनमा भएका विवादित विषयमा सहमति नजुटेपछि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई सहमति खोज्ने जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे पनि छलफल भएको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न बसेको थियो । यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्य्विभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्य्विभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपाका केन्द्रीय सदस्यको कार्य्विभाजनबारे पटक÷पटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन । नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ । यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्