ह्याकरले चर्चित अमेरिकी अभिनेत्री तथा मोडल बेला थोर्नीको नग्न तस्वीर चोरेर ब्ल्याकमेल गर्न थालेपछि उनी आफैले तस्वीर सार्वजनिक गरिदिएकी छिन् । आफूले खिचेको नग्न तस्वीर ह्याकरले चोरेपछि थोर्नी निकै तनावमा परेको र आफैले तस्वीर सार्वजनिक गरेर तनावमुक्त हुन खोजेकी छिन् ।
आइक्लाउडमा लेख्दै थोर्नीले तस्वीर ह्याक गरी आफूलाई त्रसित बनाइएको र आफैले सार्वजनिक गरेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,‘अब म आफै बाहिर ल्याउँछु किनकि यो मेरो निर्णय हो अब तिमीले मबाट अरु चीन लिन सक्नेछैनौ ।’
उनले आफूलाई त्रसित बनाउन खोजिएको चोरिएको तस्वीर यही हो समेत भनेर बाहिर सार्वजनिक गरेकी हुन् । ह्याकरले नग्न तस्वीर चोरेर आफूलाई ब्याकमेल गर्न खोजेको आरोप लगाइन् । उनले आफैले ती फोटो सार्वजनिक गरिदिइन् ।
थेर्नीले किन आफ्नो नग्न तस्वीर खिचेको भन्ने सम्मको प्रश्न उठेको छ । अर्की सेलिब्रिटी ह्वाइल गोल्डबर्कले एकपटक खिचेको तस्वीर बादलमा जाने र कुनैपनि ह्याकरले फेला पार्ने तर्क गरिन् ।