काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो।
उसले समूह चरणको पहिलो खेल कोलम्बियासँग २-० ले हारेको थियो भने दोश्रो खेलमा भेनेजुयलासँग १-१ को बराबरीमा रोकिएको थियो।
कतारसँगको खेलमा अर्जेन्टिनाले खेलको चौथो मिनेटमा पहिलो अग्रता लिएको थियो। उसका लागि सो गोल लौतारो मार्टिनेजले गरेका थिए।
यसैगरी दोश्रो गोल भने खेलको ८२ औं मिनेटमा सर्जियो अग्युरोले गरे। समूहमा दोश्रो हुँदै अर्जेन्टिना अघिल्लो चरण प्रवेश भएको हो।
समूहको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १-० ले पराजित गरेपछि अर्जेन्टिना क्वाटरफाइनल पुगेको हो। कोलम्बियाले ३ मा ३ नै जित निकालेर समूह विजेता बनेको हो। क्वाटरफाइनलमा अर्जेन्टिनाको भिडन्त भेनेजुयलासँग हुनेछ। एजेन्सीको सहयोगमा