काठमाडौं, ११ असार । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकहरु खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघले बुधबार विरोध प्रदर्शन गरेको छ । काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन गरिएको हो ।
सो अवसरमा कार्टुन प्रदर्शनी र कवितावाचनसमेत गरिएको थियो । पत्रकारहरुले वर्तमान सरकारप्रति तीखो व्यंग्य गर्दै कवितावाचन गरेका थिए । महासंघलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकहरु खारेज नगरेसम्म आन्दोलन जारी राख्ने महासंघका उपाध्यक्ष दिलिप थापा मगरले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डडकम