विश्व चर्चित सेलिब्रिटी किम कार्डशियनले नयाँ डिजाइनको कपडामा जापानी नाम किमोनोको साटो अर्को नाम जुराउने भएकी छिन् । किमोनोको नाम अनुसारको पहिरन फरक परेको भन्दै जापानीहरुले विरोध गरेका थिए ।
जापानीहरु आक्रोशित भएपछि पहिरनको नाम बदलिन लागेको हो । यसघि सामान्य शरीर पुरैजसो छोपिने कपडाको परम्परागत नाम किमानोलाई कारडशियनले छोटो पहिरनको ब्राण्ड दिएकी हुन् ।
निकै विवादपछि किमले नाम परिवर्तन गर्न लागेपछि असन्तुष्टि चुलिन पाएन । किम पछिल्लो समय किमोनो ब्रान्डको बचाऊ गर्दै आएकी थिइन् ।