असार १७, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक विवाद थप चुलिदै गएको छ । पार्टीका शिर्ष नेताहरुविच पार्टीको वैचारिक कार्यदिशा के हुने भन्नेबारेको विवाद चलिरहेकै बेला पार्टी एकता भएको बेला दुइअध्यक्षविच भएको आलोपालो सरकारको नेतृत्वको विषय पुन बल्झिएको छ । जसले नेताहरुविचको दुरी थप लम्बिदै गएको छ ।
प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार एक कार्यक्रममा पार्टी एकताको बेला दुइअध्यक्ष विच सहमती नै नभएको भन्ने प्रतिक्रिया दिएपछि यो विषयले थप नेकपाभित्र चर्चा पाएको हो ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बेला दुइ अध्यक्षविच भएको सरकारको नेतृत्व आलोपालो गर्ने सहमती पालना हुनुपर्नेमा जोड दिनुभएको थियो । दाहालको अभिव्यक्तिपछि आलोपालोको कुरा सेलाउनै सकेको छैन । त्यसपछि त झन दाहालले एकता हुँदा गरिएका सबै सहमति पालना नभए दुर्घटना हुने बारम्बार बताउँदै आएका छन् ।
आलोपालो प्रधानमन्त्री सहमतीको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ । उक्त सहमति हुँदा साक्षीको रुपमा हस्ताक्षर गरेका नेता जनार्दन शर्माले सार्वजनिक भइसकेको सहमतिको विषयमा बहस गरिरहन आवश्यक नगरहेको बताएका छन् । शर्माले सहमति पालना हुनुपर्ने आशयले बहसका औचित्य नभएको बताएका छन् ।
तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७५ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ ।अर्को कुरा नेकपाभित्र एकताको बांकी काम,नेताहरुको पद बाँडफांड र पछिल्लो पटक राजनीतिक दस्तावेज एकताको बहस र बिबादको बिषय बनेको छ ।
असार ६ गते निष्कर्षविहिन सचिवालय बैठक पछि अर्को बैठक कहिले बस्ने भन्ने समेत टुंगो छैन । अर्को तर्फ अहिले पार्टीको वैचारिक कार्यदिशा जनताको बहुदलीय जनवाद की २१ औं शदाब्दीको जनताको जनवाद भन्ने विवाद पनि उत्तिकै विवादमा छ ।
पार्टी एकता भएको ११ महिना वितिसक्दा समेत पार्टी एकताको बांकी काम सकिएको छैन । पार्टीको वैचारिक कार्यदिशाको समेत टुंगो नलगाइ सत्तारुढ दलका नेताहरु धुब्रीकरण हुँदा सरकार नै कमजोर देखिन थालेको छ