Logo

आज वेस्ट ईन्डिज र अफगानिस्तान बीच कडा प्रतिस्पर्धा



काठमाडौं, असार १९ । आईसीसी विश्वकप क्रिकेटमा आज वेस्ट ईन्डिज र अफगानिस्तान बीच प्रतिस्पर्धा हुँदैछ । पछिल्लो बर्ष विश्वकपको छनोट चरणमा दुई पटक वेस्ट ईन्डिजलाई हराएको अफगानिस्तानले आजको खेलमा रणनैतिक खेल देखाउनेमा प्रसंसक दाबी रहदै आएको छ ।

लिड्समा दुवै टोली मैदान उत्रदै गर्दा वेस्ट ईन्डिजलाई मनोबैज्ञानिक दबाब हुनेछ । दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् । सोही कारण खेलको नतिजाले सेमिफाईनलको समिकरणमा कुनै फेरबदल गर्ने छैन ।

वेस्ट ईन्डिजका जेसन होल्डरले धेरै पटक टिम जितको नजिक पुगेर गल्ती गर्दा पराजय ब्यहोरेको बताएका थिए । न्युजिल्याण्डविरुद्व समेत वेस्ट ईन्डिज जितको नजिक थियो । तर कार्लोस ब्रेथवेटको प्रहार बाउण्ड्री लाईनबाट समातिएको थियो । वेस्ट ईन्डिजले विश्वकपको पहिलो खेलमा पाकिस्तानलाई हराएपनि त्यसपछिका ७ खेलमा पराजित हुन पुगेको छ ।

यता अफगानिस्तानले यस बिश्वकपमा आफ्नो स्पिन बलिङबाट सबैलाई प्रभावित गर्न सफल रह्यो । तर टिममा अनुभवको अभाव प्रत्यक्ष देखियो । सबै भन्दा ठुलो अभाव टिममा ब्याट्सम्यानमा देखियो । विकेट किपरको भुमिकामा रहेका ब्याट्सम्यान शहजाद आउट भएपछि अन्य कुनै ब्याट्सम्यानले पोविलियनमा टिक्ने क्षमता देखाउन सकेनन् ।

तर टिमले समग्रमा राम्रो फिल्डिङ प्रर्दशन गरेको थियो । अफगानिस्तानले अन्तिम खेल बाँकी रहेको अवस्थामा अहिलेसम्म एक जित समेत दर्ता गर्न सकेको छैन । सोही कारण अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने अवसर अफगानिस्तानलाई छ ।



प्रतिक्रिया दिनुहोस्