Logo

विदेश घुम्न जाने सांसदलाई सरकारले खर्च दिने



हेटौंडा, २३ असार । प्रदेश नम्बर ३ को प्रदेशसभाले विदेश भ्रमणमा जाने सांसदलाई खर्च दिने घोषणा गरेको छ । यो आर्थिक वर्ष २०७६/०७७ का लागि सांसदलाई खर्च दिन २० लाख रुपैयाँ बजेट विनियोजन भएको खुलासा भएको छ।

बजेट विनियोजन भए पनि अहिलेसम्म उक्त रकम खर्च भएको छैन । संसदको अनुमति लिएर संसदीय अभ्यास अध्ययन गर्न, विदेशका सरकारले निम्ता पठाएको कार्यक्रममा जानुपरे जहाज भाडा तिर्न खर्च दिन लागिएको प्रदेश सरकारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्