Logo

पाकेको फर्सीसहित चार तरकारीमात्र ५० रुपैयाँभन्दा कम



काठमाडौं, ३ साउन । तरकारीको भाउ आकाशिदै जाँदा कुनैपनि प्रकारको तरकारी ५० रुपैयाँभन्दा कममा नपाइने भइसकेको छ । भान्छामा समस्या परिरहेको छ । जनता मारमा परेका छन् ।

२ साउनमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास व्यवस्थापन समितिले तरकारी तथा फलफूलको थोक मूल्य सबै प्रकारको तरकारीको मूल्य सार्वजनिक गर्दा औंलाले गन्न सकिनेको मात्र मूल्य ५० भन्दा कम छ । जसमध्ये पाकेको फर्सी पनि हो ।

पाकेको फर्सी प्रतिकेजी ३५ देखि ४० सम्म कारोबार भयो । आलुका विभिन्न प्रकार पनि प्रतिकेजी ५० भन्दा कममा कारोबार भए ।
प्याज सुकेको प्रतिकेजी ३८ देखि ४० र बन्दा ३० देखि ३५ मा कारोबार भयो ।

तरकारीको मूल्य प्रतिकेजी ५० भन्दा कममा पाकेको फर्सीसहित चार प्रकार मात्र फेला परे । मूल्यवृद्धिले उपभोक्ताका लागि केही तरकारी खानका लागि विशेष पर्व नै आउनुपर्ने अवस्था बन्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्