मुकुन्द कालिकोटे: काठकाडौं ४ श्रावण । टेकुस्थित् पचली भैरब मन्दिर परिसरमा बन्दै गरेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको सहायक भवन छिनभरमै ध्वस्त भएको छ ।
पुनः निर्माण प्राधिकरण र महानगरपालिकाको सहयोगमा निर्माणाधिन विद्यालय भवन पचली भैरवका गुठियारहरुले आफूसँग छलफल नै नगरी विद्यालय भवन निर्माण गरिएको भन्दै महानगरीय प्रहरी परिसर टेकुको नजिकै रहेको बन्दै गरेको संरचना ध्वस्त बनाएका हुन् ।
गुठियार, संपदा संरक्षण संघर्ष समितिलगायतका गरिब दुईसय जनाको समूहले भवन निर्माण गर्न उठाएको पिलरको छट काटेर ढाल्नुको साथै भवन निर्माणमा प्रयोग हुने सम्पूर्ण उपकरणहरु जलाईएका थिए ।
यता भवन निर्माणको पिलर ढालिँदै थियो, त्यसबीचमा ५,६ जना प्रहरी आए फर्के, दोस्रो पटक ८, १० जना आए हेरेर फर्के भवन निर्माणस्थल ध्वस्त बनाई सबै जना बाटो लागे तब डिएसपीको कमाण्डमा २५, ३० जना प्रहरीहरु आई आगो निभाउने काम भएको थियो ।
२०१७ सालमा स्थापित् श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयका प्रधानध्यापक पूर्णचन्द्र श्रेष्ठ भन्छन्–‘म २०४६ जेठ २० गतेबाट यस विद्यालयमा कार्यरत छु, मलाई यहाँ पोखरी भएको जानकारी छैन, चौर थियो हामीले विद्यार्थीहरुका लागि खेल्ने ठाउँको रुपमा प्रयोग गर्दै आएका थियौं ।
पछि तीन कक्षाबाट ५ कक्षा हुँदै ८ कक्षासम्मको पढाई सुरु भएपछि हामीले यही ठाउँमा दुईकोठे भवन बनाई कक्षा सञ्चालन गरिरहेका थियौं, २०७२ को भूकम्पले चिरा–चिरा पारेपछि हामीले वडा कार्यालयको सिफारिसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र महानगरपालिकाको अनुमति र सहयोगमा चार कोठे भवन निर्माण हुँदै थियो ।
अहिले गुठियारलगायतका विभिन्न नामका समितिहरु मिलेर ध्वस्त बनाईदिए यो गैरजिम्मेवार छ, यो अराजक व्यवहार भएको छ ।’
उनले अघि थपे,‘उहाँहरुले नजिकै रहेको फोखरी मासेर बालुवाखानीलाई भाडामा लिएका छन् मैले पनि गुठीको जग्गा हो गुठीलाई के गर्नुपर्छ सिलापत्र लेखिदिन्छु भनेको थिएँ तर आज यो अपराधिक कार्य गर्नुभयो अब यो क्षतिको खोजितिनी पुन निर्माण प्राधिरण र महानगरपालिकाले खोज्छ ।
मैले धेरैपटक भेटेर जानकारी गराएको छु, मसँग कागजी सम्झौता भएको छैन, मौखिक रुपमा सहमति भएको थियो तर किन यो कार्य गरियो थाहा छैन ।’विद्यालयका शिक्षक पृथ्वीकुमार मगरले हाल विद्यालयमा १३ जना शिक्षक र १ सय सत्तरी विद्यार्थीहरु रहेको सुनाए ।
उनले भने,‘गुठीकै जग्गा भएपनि हामीले विगत ४० वर्षदेखि प्रयोग गर्दै आएका छौं, विद्यालयमा विद्यार्थीहरुको संख्याअनुसार ठाउँको अभाव भएकाले थप चारकोठे भवन निर्माण आरम्भ गरिएको हो यो कार्य अपराधिक दादागिरी र विध्वशकारीको नमूना हो ।’गुठीका एक सदस्य श्रीष महर्जन भन्छन् – ‘गुठीयारहरुसँग छलफलै नगरी एकलौटी ढंगबाट बनाएको विद्यालय भवन बनाउँन दिँदैनौं हाम्रो सम्पदाको संरक्षण गछौं ।’
‘अहिले ९ जना गुठियाहरु हुनुहुन्छ, उहाँहरुलाई थाहै छैन, नक्सापास पनि छैन, हामीले विद्यार्थीहरुलाई खेल्नका लागि दिएको चौरमा के को आधारमा भवन निर्माण हुँदैछ थाहा छैन ।’–उनले जनाए ।
तस्विरहरु: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम