Logo

मेलम्ची खानेपानी आयोजनाको पाइप क्षतविक्षत



साउन ४, काठमाण्डौ । सरकारी निकायहरु बिच काम गराईको तालमेल नमिल्दा कसरी राज्यको अर्बौ रुपैयाँ स्वाहा हुन्छ भन्ने उदाहरण बनेको छ, मेलम्ची खानेपानी आयोजनाको पाइप । जुन एक पटक बिछ्याइ सकेपछि पुन सडक र ढल बनाउने नाममा फुटाइएको छ ।

काठमाडौं उपत्यकाका १३८ ठाउँमा विभिन्न निकायले विकास निर्माणका नाममा ३० किमि लामो मेलम्चीको पाइप फुटाएका छन् । जसबाट सिधा देखिदा मेलम्ची खानेपानी आयोजनालाई र अन्तिम भार राज्यलाई नै पर्ने गरि १६ करोड नोक्सान भएको छ ।

धमाधम मेलम्ची खानेपानी आयोजनाका वितरणका लागि विच्छाइएका पाइप फुटाइएको विषयमा मुख्य लगानिकर्ता एसियाली बिकास बैंकले गम्भीर चिन्ता व्यक्त गरेको छ । बैँकले यसरी पाइप फुटाउने प्रवृत्ति अन्त्य नगरिए काम गर्न कठिन हुने चेतावनी दिएको छ ।

खानेपानी वितरणका लागि विछ्याइएको मेलम्चीको पाइप फुटाउने निकायहरुमा काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, सडक डिभिजन कार्यालय, चक्रपथ बिस्तार आयोजना, बागमती सभ्यता एकिकृतत बिकास समिती, खानेपानी मन्त्रालय तथा स्थानिय तह रहेका छन् ।

कुन निकायले मेलम्चीमा कतिको क्षति पुर्याए ?

चक्रपथ बिस्तार आयोजना
यसबाट क्षति भएको पाइप– ८ सय ३४ मिटर
नोक्सान भएको रकम– १ करोड ६२ लाख ३० हजार ८५५ रुपैयाँ
क्षतिपुर्तिका लागि पत्राचार गरेको मिति– २०७५ असोज १ गते
तर, चक्रपथ विस्तार आयोजनाले क्षतिपुर्ति नतिरी टारि राखेको छ ।

काठमाण्डौ महानगरपालिका
यसबाट क्षति भएको पाइप– ७ हजार ४ सय ९० मिटर
नोक्सान भएको रकम– ४ करोड १९ लाख ५४ हजार ३ सय ९८ रुपैयाँ
क्षतिपुर्तिका लागि पत्राचार गरेको मिति– २०७५ साउन २५ गते
पुनः पत्राचार गरिएको मिति– २०७५ भदौ ४ गते
तर, काठमाडौं महानगरले अधिकांश ठाउँको पाइप मर्मत नै नगरि छाडिदिएको छ ।

ललितपुर महानगरपालिका
यसबाट क्षति भएको पाइप– १ हजार ९ सय ५० मिटर
नोक्सान भएको रकम– ४५ लाख ८८ हजार ४ सय ८९ रुपैयाँ
क्षतिपुर्तिका लागि पत्राचार गरेको मिति– २०७५ भदौ ४ गते
तर, ललितपुरमहानगरले पनि पत्रको वेवास्ता गर्दै आएको छ।

बाग्मती सभ्यता एकिकृत विकास समिती
यसबाट क्षति भएको पाइप– ६ हजार ५ सय ७६ मिटर
नोक्सान भएको रकम– १ करोड ५१ लाख ९२ हजार ९ सय ६२ रुपैयाँ
क्षतिपुर्तिका लागि पत्राचार गरेको मिति–२०७५ असोज ४ गते
तर, पत्रको सम्बोधन नै गरिएन् ।

सडक डिभिजन कार्यालय, काठमाण्डौ
यसबाट क्षति भएको पाइप– ८ हजार ९ सय ६७ मिटर
नोक्सान भएको रकम– ४ करोड ८ लाख २२ हजार ८ सय ५४ रुपैयाँ
क्षतिपुर्तिका लागि पत्राचार गरेको मिति– २०७५ कार्तिक १९
पुनः पत्राचार गरिएको मिति– २०७५ पुष १ गते
तर, यो कार्यालयले पनि मेलम्चीको पत्रलाई वेवास्ता गरेको छ।

सडक डिभिजन कार्यालय, ललितपुर
यसबाट क्षति भएको पाइप– ५ सय ३८ मिटर
नोक्सान भएको रकम– १० लाख ७२ हजार ८ सय ४५ रुपैयाँ

काठमाण्डौ उपत्यका सडक सुधार आयोजना
यसबाट क्षति भएको पाइप– १ हजार ९ सय ४४ मिटर
नोक्सान भएको रकम– १ करोड ६६ लाख ७१ हजार ५ सय १७ रुपैयाँ

एनसेल
यसबाट क्षति भएको पाइप– २ सय मिटर
नोक्सान भएको रकम– २ लाख ४१ हजार ४३० रुपैयाँ

चमती जग्गा एकिकरण आयोजना
यसबाट क्षति भएको पाइप– ४ सय ४८ मिटर
नोक्सान भएको रकम– ८ लाख ६४ हजार ६ सय ४८ रुपैयाँ

स्थानिय तह
यसबाट क्षति भएको पाइप– २ सय ८० मिटर
नोक्सान भएको रकम– ७ लाख ५८ हजार ३ सय २३ रुपैयाँ

अन्य निकाय
नोक्सान भएको रकम– २ करोड २० लाख ५१ हजार ७ सय ७७ रुपैयाँ

यसरी मेलम्चीका पाइपहरु विभिन्न निकायले फुटाइदिदा १६ करोड ४ लाख ५० हजार ९८ रुपैया घाटा भएको छ । जसको अधिकांश निकायले क्षतिपुर्ति तिरेका छैनन् । विकासका लागि आवाश्यक साझेदारी नगरिदा यसरी राज्यलाई करोडौंको नोक्सान भएको छ भने आम नागरिकले समेत सास्ति पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्