काठमाडौं । बलिउडकी लोकप्रिय कलाकार तथा भजापा सांसद हेमा मालिनीले हालै संसद भवन बाहिर हातमा कुचो लिएर झाडु लगाएको एक भिडियो भाईरल भएको थियो । ‘स्वच्छ भारत अभियान’ लाई प्रर्वद्धन गर्न उनी कुचो हातमा लिएर रोड बढार्न निस्किएकी थिईन् । तर, उनले कुचो हावामामात्रै लगाएको र सडक त छुँदै नछुएको भिडियो बाहिरिएको थियो । यति भैसकेपछि उनीबारे क्षण क्षणमै विभिन्न मिम बनेका थिए । र, ती मिमहरु सामाजिक सञ्जालमा अत्यधिक धेरै सेयर भएका थिए ।
कतिसम्म भने हेमाको यही भिडियोको कारण उनका पति बलिउडका सिद्धहस्त कलाकार धर्मेन्द्र देवललाई सामाजिक सञ्जालमा प्रश्नहरुको ओईरो नै लागेको थियो । हेमाकै उक्त भिडियोलाई लिएर एक जना ट्विटर प्रयोगकर्ताले धर्मेन्द्रलाई गम्भिर प्रश्न तेर्साएका थिए । यता, जवाफमा शोलेका विरुले बसन्तीलाई अनाडी नै घोषणा गरिदिए । यो समाचार बिबिसी हिन्दीले विशेष महत्वको साथ प्रकाशित गरेको छ ।
भारतीय कलाकारहरु आफ्नोबारेमा सोसल मिडियामा त्यति बातचित गर्न रुचाउँदैनन् । तर, धर्मेन्द्रमात्रै यस्ता कलाकार हुन, जो आफ्नो फेसका साथ कुराकानी गरेको देख्न पाईन्छ । एक जना ट्विटर प्रयोगकर्ताले धर्मेन्द्रलाई सोधेका छन्,‘सर, म्याडमले के कहिल्यै जीवनमा कुचो समात्नुभएको छ त ? यता जवाफमा धर्मेन्द्रले पनि नढाँटिकन जवाफ फर्काएका छन्,‘हो, तर फिल्ममा मात्रै । मलाई पनि उनी अनाडी लागिरहेकी थिईन् । मैले बरु मेरो बाल्यकालमा आमालाई कुचो लगाउने कुरामा सहयोग गरेको छु । म बरु झाडु लगाउन माहिर थिएँ । मलाई सफा गर्न मन लाग्छ ।