Logo

पायोनियर मोटो कर्पद्वारा निःशुल्क मनसुन सर्भिस क्याम्प



काठमाडौं, साउन ९ । डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले राष्ट्रव्यापी रुपमा निःशुल्क मनसुन सर्भिस क्याम्प सञ्चालन गरेको छ ।

विहिवारदेखि सञ्चालनमा आउने उक्त सर्भिस क्याम्प साउन १६ गतेसम्म सञ्चालन हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्याम्प अन्र्तगत अधिराज्यभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टर मार्फत् सहजै उपब्ध हुने जनाइएको छ । क्याम्पमा ग्राहकले निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास, स्पेयर पार्टको खरिदमा २० प्रतिशत छुट, अन्य एक्सोसरिजको खरिदमा ३० प्रति छुट लगायत बाढीले क्षती भएका निशान तथा डाट्सन गाडीेलाई विशेष सुविधा प्रदान गरिने उल्लेख छ ।

क्याम्प अवधिभर ग्राहकले आफ्नो गाडीको अवस्था एवं कार्य क्षमताको प्राविधिक जाँच गर्न सक्ने पनी जानकारी गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्