Logo

मेस्सीलाई तीन महिनाको प्रतिबन्ध, ५० हजार डलर जरिवाना



काठमाडौं । दक्षिण अमेरिकी फुटबल महासंघले अर्जेन्टिना राष्ट्रिय फुटबल टिमका कप्तान लियोनल मेस्सीलाई अन्तर्रा्ष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाएको छ ।
कोपा अमेरिकी फुटबलमा भ्रष्टाचार रहेको आरोप लगाएपछि मेस्सीलाई अन्तर्रा्ष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको हो ।

३२ बर्षका अर्जे्न्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भीर आरोप लगाएका थिए । उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिनसमेत अस्वीकार गरेका थिए । महासंघले मेस्सीलाई तीन महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवानासमेत गरेको छ ।

यद्धपी महासंघले गरेको निर्णयविरुद्ध मेसीलाई पुनरावलोकनका लागि ७ दिनको समय दिइएको छ । प्रतिबन्धसँगै मेसीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउने छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्