Logo

वीरेन्द्रको सम्पत्ति दुरुपयोग, जग्गा बेबारिसे



काठमाडौं २५ साउन । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ ।

काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो ।

भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनका नाममा रहेका जग्गाको स्वामित्व ट्रस्टको नाममा ल्याइएको छ ।

ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भने सकेको छैन । ती जग्गा सदुपयोग हुन नसक्दा बेबारिसे बनेको छ ।

काठमाडौंको गोकर्णमा ट्रस्टका नाममा ३९७१ रोपनी ३ पैसा ३ दाम जग्गा छ । यसमध्ये २९७१ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा लिजमा दिइएको छ ।

वीरेन्द्र जीवित रहँदै एलएम सुवीर ब्रदर्स (नेपाल) प्रालि काठमाडौं र यती होल्डिङ्स प्रालिलाई लिजमा दिइएको थियो ।

२०६७ वैशाख ५ गते ट्रस्टले लिजको पुनः सम्झौता गरेको छ । नयाँ सम्झौताअनुसार २०२५ मंसिर १५ गतेसम्मका लागि लिजमा दिइएको छ । -अन्नपूर्णपोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्