टोपबहादुर रायमाझी, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हुन् । उपप्रधानमन्त्री भइसकेका उनीसँग जनयुद्धको लामो अनुभव छ । सिद्धान्त, विचार र पद्धतिका पक्षधर उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :
देशको ठूलो पार्टी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी किन एकता पक्रियामा पुग्न सकेन ?
एकता प्रक्रियाका अधिकांश कामहरु पूरा भइ सकेका छन् । जनविभागिय विभागका केही कामहरु निर्णय गर्न बाँकी छ । यो ढिला हुनको कारण हामीले विधी र मापदण्ड बनाएर बढेको भए छोटो छरितोे हुन्थ्यो । तर, हामीले विधी र मापदण्ड बनाएनौ त्यसकारण सचिवालयभित्र जिम्मेवारीको बाँडफाडलाई नै मुख्य केन्द्र विन्दु बनाएको देखिन्छ । त्यसकारण यसलाई ठूलो दायराभित्र छलफल गरेर स्थायी कमिटि, पोलिट्ब्यूरोसम्मको बैठक राखेर एउटा विचार, विधी र मापदण्ड बनाएर छलफल ग¥यौं भने त्यसभित्र को को पर्छन, कस्तो प्रकारको मापदण्ड हुन्छ, कस्तो प्रकारको विधी हुन्छ, त्यसको आधारमा छलफल गर्नुपथ्यो । विधेयक विना हामीले जिम्मेवारी बाँडफाँड गर्दा को विधि भित्र पर्छ पदैन भन्ने कुरा टुङ्गो नलागेको कारणले यो ढिला भएको जस्तो लाग्छ ।
नेताहरुले व्यक्तिगत स्वार्थको लागि काम गरेको हो ?
त्यसो भन्न मिल्दैन, तर मापदण्ड र विधिलाई प्राथमिकता नदिएको कारणले यो ढिला भयो । पार्टी एकताको शुरुवातमा नै हामीले मापदण्ड र विधिलाई प्राथमिकता दिन सकेको भए यो काम धेरै पहिले टुङ्गिन्थ्यो । तर, फेरि एकताको विशिष्ट प्रक्रिया भएको हुनाले यसलाई छिटो सम्पन्न गर्नुपर्दछ ।
तर सम्पन्न गर्नुपर्छ भनिरहदाँ सचिवालयको बैठक स्थगन भइरहेको छ । बैठकले निष्कर्ष निकाल्न सकेन नि ?
पहिले पनि त्यस्ता बैठकमा छलफल गर्ने गृहकार्य नपुग्ने फेरी नयाँ नयाँ तर्कहरु आउने त्यसकारणले गहकार्य नपुगेको कारणले स्थगन हुन पुगेको छ । तर, अधिकांश एकताका प्रक्रियाहरु थोरै कामहरु सम्पन्न नभएकोले त्यसलाई हामी सम्पन्न गर्नेछौ । जुन विधिले हामीले काम गरि राखेका छौ यो विधिले लामो समयसम्म काम चल्दैन । यो अस्थायी र अन्तरिम प्रकारको विधि हो र यसलाई हामीले आगमी दिनमा विचार ,विधी र मापदण्डमा लैजानुपर्छ तब मात्र सांगठनिक समस्याको हल हुन सक्छ ।
नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको विवादको समस्याको समाधान के हुन सक्दछ ?
विवाद दीर्घकालिन रहन्छ । विवाद त भइरहन्छ, छलफल भइरहन्छ, अन्तरद्धन्द्ध भईरहन्छ त्यसपछि बैठक बस्ने छलफल गर्ने निष्कर्ष निकाल्ने र जाने कुरा हुन्छ । यो संघर्ष, छलफल, अन्तरद्धन्द्ध त निरन्तर हुन्छ र समाधान पनि हुँदै जान्छ ।
जःसमस्या समाधानको लागि कुन नेताले के गर्नुपर्छ ? स्कुल विभागमा अझै विमति छ नि ?
यो एउटा सचिवालयको मात्र कुरा होइन । कसैलाई दोहोरो तेहोरो जिम्मेवारी हुने कसैलाई बरोजगार बनाउने नेताहरुलाई पनि त्यस्तो स्थिति देखा परेको छ । आफू आफूमा जिम्मेवारीको बाडँफाडको कुरामा छलफल चलाएर हुँदैन । यो व्यापक दायराभित्र हुनुपर्छ । सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय समिति र आम पार्टीलाई केन्द्र बिन्दुमा राखेर यो जिम्मेवारी बाडँफाड गर्नुपर्छ । यो विधि र मापदण्ड निर्धारण नगरेको कारणले यो स्थिति रहेको छ । त्यो अन्त्य हुनुपर्छ । यो आम पार्टी कार्यकर्ता,नेता र शुभ चिन्तकहरुको माग हो ।
तपाईहरु किन एक पछि अर्को पोष्टमा जान सक्नु हुन्न ?
यो मापदण्ड र विधिमा जानु प¥यो । यसमा नजानु जुनसुकै पाटीको कमजोरी हो । यो विषयलाई नेताहरुले जिम्मेवारी मान्ने होइन कि हामीले विधि र मापदण्ड बनायौ भने सजिलो हुन्छ । मापदण्ड र विधि विनाको कार्य विभाजन गर्न खोजियो भने त्यो असहज हुन्छ त्यसैको परिणाम हो ।
त्यसो भए अहिलेको अवस्थामा पार्टी एकता टुङ्गिन्छ ?
पार्टी एकता टुङ्गिन्छ । यो अस्थायी प्रकृतिको हो । कम्तीमा मापदण्ड र विधि विना सुरु गरे हुन्थ्यो भन्ने गुनासो र माग रहेको छ । हामीले विधि र विधानमा लैजान तुरुन्त पहल लिनुपर्छ ।
नेपाल भारत सम्बन्धमा समस्याहरु छ कि छैन ?
समस्या रहित कुनै देशको सम्बन्ध हुन्न । समस्या हुँदै हुन्न भन्ने होइन । दुई देशका वीच अन्तर विरोध आउँछन् । पार्टीभित्र समस्या आउँछन् । त्यसलाई हामीले सकारात्मक रुपले समाधान गर्नुपर्छ । त्यसका लागि हामीले जुन समझदारी, सम्झौताहरु, निर्णहरु गर्छौ, त्यत्तिबेलाको सापेक्षतामा गरिएका निर्णयहरु आवश्यकताका आधारमा गल्ती हुन सक्छन् । सही भए पनि गलत भए पनि तिनलाई नयाँ वस्तुगत स्थिति, नयाँ सामाजिक अन्तर्रविरोध, नयाँ अवस्थामा आईसकेपछि तिनलाई पुनरावलोकन गर्ने, पुन मुल्यांकन गर्ने, पुन समय सापेक्षित, सान्दर्भिक, आवश्यकताको आधारमा निर्णय गदै जाने प्रक्रियागत विकासको रुपमा जानुपर्दछ । यसलाई परिवर्तन, सहजीकरण, समझदारी गरेर समय अनुकूल परिभाषित गर्दै जानुपर्छ ।
भारतसँग विगतमा भएका सहमति कार्यान्वयन हुन सकेन भने खारेज गरेर त्यसलाई नयाँ किसिमबाट जानुपर्छ भन्ने प्रदीप ज्ञवालकिो तर्क छ त्यसमा तपाईको भनाई के छ ?
सबैका आफ्ना आफ्ना धारणा हुन्छन् । उहाँले पनि आफ्ना धारण राख्नुभयो होला । त्यसमा मैले मेरो धारणा पनि राखिसके ।
त्यसो भए अहिलको अवस्थामा नेपाल भारत सम्बन्ध राम्रो सुमधुर र प्रगाढ छ ?
नराम्रो पनि त छैन । कुनै पनि विषयहरु समस्या रहित हुन्छन् भन्ने होइन । नराम्रो पनि छैन हामीले अलिअलि भईरहेका नयाँ विषयहरु,आवश्यकताहरु,अन्र्तविरोधहरु, जो आउँछन् भने तीनलाई समय अनुकुल समझदारी, छलफल, निस्कर्ष निकालेर जानुपर्छ ।
देशमा महंगि ह्वात्तै बढेको छ नि ?
महंगि नियन्त्रण गर्ने, भ्रष्ट्राचारलाई न्युनिकराण गर्ने, समृद्धिलाई तिव्रता दिने, सुशासनलाई कायम गर्ने कुरा, आर्थिक समृद्धिलाई अगाडि बढाउने कुरालाई हामीले चाहेँ सरकार पक्ष होस या प्रतिपक्ष होस यसलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्दछ । जनताका असन्तुष्टि र गुनासाहरु आएका छन् । सरकार र पार्टीहरुले सोचे अनुसार निर्णय तथा काम गर्न सकेन भन्ने गुनासाहरुलाई अब हामीले न्यूनीकरण गर्ने र गुनासा नआउने किसिमले योजनाहरु अगाडि बढाएर विकास निर्माणका कामहरुलाई परिणाममुखी बनाउन तिब्रता दिनुपर्छ र केन्द्रित हुनुपर्छ ।
कर्णाली प्रदेशका मन्त्री ठेकदार छन् । तर, काम हुन सकेको छैन सडक अधुरा छन् ?
नेताहरु, जनप्रतिनिधिहरु,सरकारमा बस्ने मानिसहरु कि वास्तबमा व्यवसायलाई रोज्नुपर्छ कि देशको समृद्धिलाई, समाज सेवालाई रोज्नुपर्दछ । त्यसकारणले हामीले दोहोरो जिम्मेवारीलाई रोज्नु हुन्न, कि पूँजीलाई रोज्नुपर्यो कि सेवालाई रोज्नुपर्यो । पैसा पनि आवश्यक कुरा हो काम चलाउनुपर्छ । आफू धनी बन्ने सपनाले देशको विकास र समृद्धि हुँदैन । यो सेवा र पैसा विपरीत जस्तो लाग्दछ । त्यसमा प्रधानमनत्री र नेताहरुले सर्तकता अपनाउनुपर्छ ।