काश्मिरको केही भागमा संचारमाध्यम सुचारु भएको छ । हालसम्म पनि इन्टरनेट र मोबाइल सेवा ठप्प रहेको छ । ल्याण्डलाइन टेलिफोन सेवाहरू काश्मिरका केही अंशहरूमा पुनः सुचारु भइरहेको छ ।
काश्मिर उपत्यकामा ल्यान्डलाइन सेवा सुचारु भएपनि इन्टरनेट र मोबाइल फोन सेवाहरू सुचारु भएको छैन । ३ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस क्षेत्रलाई आफ्नो विशेष स्थानबाट अलग गर्ने निर्णय गरेपछि अधिकांश क्षेत्रमा कफ्र्यु जारी गरिएको थियो । स्थानीय राजनीतिज्ञ लगायत सयौं व्यक्तिहरू नजरबन्दमा छन् । विद्यालयहरु सरकारी कार्यालयहरु सहित सोमबारबाट खोल्ने छन् ।
काश्मिर उपत्यकामा धेरैजसो टेलिफोन एक्सचेन्जहरू आइतबार साँझसम्म सञ्चालन हुने अधिकारीहरुको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जम्मुमा ल्याण्डलाइन सेवाहरू सामान्य रूपमा संचालनमा छन् र मोबाइल सेवाहरू त्यहाँका छ जिल्लामा पनि पुनःसुचारु गरिएको छ । टेलिफोन र इन्टरनेट लिंक काटिएको थियो र कर्फ्यूजस्ता प्रतिबन्धहरू थिए ।
यसैगरी, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले काश्मिर मामलामा पाँच दशकमा पहिलो पटक छलफल गर्यो । पाकिस्तान र चीनको अनुरोधमा न्यु योर्कमा बन्द ढोकामा भएको उक्त बैठकमा भारतले आन्तरिक मामिला भनेको विषयमा छलफल भएको थियो । एजेन्सी