कँग्रेसको अन्तरिम अध्यक्ष सोनिया गान्धीले पश्चिम बंगालमा आगामी विधानसभा उपचुनावका लागि कांग्रेस र वामपन्थीहरूको बीचको गठबन्धनलाई सहमति दिएकी छिन् । बंगाल पार्टी प्रमुख सोमेन मित्राले शुक्रबार सोनियासँग भेट गरेपछि यो सहमति भएको बताइएको छ ।
लोकसभा चुनावमा कांग्रेस वामपन्थी गठबन्धनले आकार दिन सकेन र दुबै दलले खराब प्रदर्शन गरेपनि सोनियाले वामपन्थीसँग गठबन्धन गरेकी हुन् । बँगालमा वाम मोर्चाले एउटा पनि सिट प्राप्त गर्न सकेन र उनीहरुको मतको हिस्सा द्रुत रूपले घटेको थियो । बँगालमा कँग्रेसले दुई सीट मात्र जित्यो ।
तृणामूल र कांग्रेसले केन्द्रमा विभिन्न मुद्दाहरूमा एक अर्काप्रति एकता जनाए पनि विगत केही वर्षदेखि राज्य कांग्रेसले बंगलामा वामपन्थीहरूसँग गठबन्धनको खोजी गरिरहेको छ । प्रदेश कांग्रेस नेता र वामपन्थी नेताहरूको बंगालमा तृणामुल र भारतीय जनता पार्टी दुवैको सामना गर्ने रणनीति बनाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।