अभिनेत्री ऐश्वर्या राय बच्चनको रातो पहिरनको एउटा तस्विर हाल सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त तस्विर शेन पिक्ककले गर्वसाथ ऐश्वर्यालाई पहिलो पटक आफ्नो पिक्कक म्यागजिनको कभर फोटोमा राखेर म्यागजिन प्रकाशनको घोषणा गर्दै इन्स्टाग्राममा पोस्ट गरेको हो ।
डिजाइनर जोडी, फाल्गुनी र शेन पिक्ककको पहिलो प्रिन्ट म्यागजिनमा ऐश्वर्या राय बच्चनलाई देख्न पाइन्छ । पिक्कक नामको उक्त म्यागजिनको फोटो शूट न्यू योर्कमा भएको हो । कभर फोटोमा एश्वर्यालाई रातो लामो गाउनको पहिरनमा एउटा हातले भर्याङ्ग समातेको देख्न सकिन्छ । त्यो राम्रो गाउनमा एउटा सानो चाँदीको बेल्ट छ ।
अभिनेत्री ऐश्वर्या राय बच्चन अन्तिम पटक सन् २०१८मा रिलीज भएको फिल्म फन्ने खानमा देखा परेकी थिइन । अभिनेत्री ऐश्वर्या केही समयको लागि फिल्ममा नदेखिए पनि उनको प्रशंसकहरूको संख्यामा कुनै कमि आएको छैन । ऐश्वर्या अब छिट्टै मणिरत्नमको अर्को फिल्म पोन्निन सेल्वान (काभेरीको छोरा) मा काम गर्ने भएकी छिन् । त्यो फिल्म यही नामको तमिल क्लासिक उपन्यासमा आधारित छ । फिल्ममा तमिल फिल्म उद्योगका विक्रम, कार्ति, जयम रवि, कीर्ति सुरेश र अमला पाउललगायतक अग्रणी कलाकारहरूले अभिनय रहेको छ । Photo Source: Hindustan Times