धादिङ । आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।
गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले हाल आत्मसमर्पण गरेको उनिहरुको भनाई रहेको छ ।
समूह छाडेर आफूहरु स्वतन्त्र हुने र गाउँको विकासमा लाग्ने बताएपछि जिल्ला प्रहरी कार्यालयले प्रत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको थियो ।