Logo

भारतीय प्रधानमन्त्री मोदीको रसिया भ्रमण



आधिकारिक भ्रमणकालागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रसिया पुगेका छन् । मोदीलाई बोक्ने विमान १८ भदौं भ्लादिभोस्टोकको विमानस्थलमा अवतरण भएको थियो । रोसकंग्रेस फाउन्डेशनद्धारा आयोजना गरिएको ईस्टर्न ईकोनोमिक फोरम सम्मेलनको मुख्य अतिथिको रुपमा मोदी सहभागी हुने छन् । रसियन राष्ट्रपति भ्लादिमीर पुतिन र मोदी जेभेदा शिपयार्डको भ्रमण पछि संकुचित र व्यापक ढाँचामा वार्ता गर्ने भएका छन् ।

५ औं ईस्टर्न ईकोनोमिक फोरमको सम्मेलन सेप्टेम्बर ४ देखि ६ सम्म भ्लादिभोस्टोकमा आयोजना भएको छ । भारतीय प्रधानमन्त्री मोदी अन्य नेताहरुसँग १९ भदौं ईस्टर्न ईकोनोमिक फोरमको पूर्ण अधिवेशनमा भाग लिई जुडो प्रतियोगिता पनि हेर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्