काठमाडौं, १९ भदौ । सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थानले जनाएको छ । बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुनेछ।
दुध उत्पादक किसानहरुले गत शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तत्काल दुधको मूल्य बढाउन सरकारसंग माग गरेका थिए । राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेको थियो ।
विगत तीन वर्षदेखि सरकारले दुधको मुल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मुल्य बढाउन माग राखेको थियो । आफुहरुको उत्पादन लागतमा बिगत तीन बर्ष यता ३० प्रतिशत भन्दा बढि मुल्य बृद्धि भएको जनाउदै दुधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने माग राखेका थिए ।