Logo

दूधको मूल्य ६ रुपैयाँ बढ्यो



काठमाडौं, भदौ २० । भोली शनिवारबाट लागूहुने गरि सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।

सरकारले दूधको मुल्य बढाउने बारे अध्ययन गर्न २ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल बनाएको थियो ।

मुल्य बढाउने बारे अध्ययन गर्न बनाईएको उक्त कार्यदलले प्रतिलिटर १० रुपैया बढाउन सिफारिस गरेपनि अहिलेलाई ६ रुपैयाँ बढेकोे हो । कार्यदलले कम दूध उत्पादन हुने सिजनमा १० रुपैयाँ र अत्याधिक उत्पादन हुने सिजनमा ५ रुपैयाँ बढाउन सकिने उल्लेख गरेको थियो ।

कृषि तथा पशुपन्छी मन्त्रालयले विहिबार दूधको मूल्य बढाउने निणर्य गरी कार्यान्वयनकालागि डिडिसीलाई पत्र पठाई सकेको छ ।

यसअधि प्रतिलिटर ७० रुपैयाँ तिर्दे आएका उपभोक्ताले शनिवारबाट भने प्रतिलिटर ७६ रुपैयाँ तिर्नु पर्ने भएको छ ।यसअधि २०७४ भदौ १ मा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो । आजको सौर्य दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्