काठमाडौं २४ भदौ । बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि बढाउने संकेत गरेपछि नेपाली पक्ष उत्साहित भएको छ ।
चीनले यसअघि नेपाली पक्षले बीआरआईमा समेटिने परियोजनाको स्पष्ट खाका नदिएको गुनासो गर्दै आएको थियो । नेपाली पक्षको भने परियोजनामा चिनियाँ पक्षबाट बेवास्ता भइरहेको गुनासो छ । विदेशमन्त्री वाङले नेपालबाट छनोट भएका परियोजनामा प्रस्ताव अघि बढाउन आग्रह गरेको बताइएको छ । यसअघि नेपालले लैजाने परियोजनामा चीनले कुनै न कुनै रुपमा अड्को थापेको नेपाली अधिकारीहरू बताउँछन् ।
बीआरआई सम्झौता भएको दुई वर्ष चार महिना भइसक्दा पनि परियोजना अघि बढ्न सकेको छैन । यसको म्याद आगामी वैशाखसम्म छ । तीनवर्षे परियोजना सम्झौता २०७४ वैशाख २९ मा भएको थियो । त्यसअन्तर्गत विभिन्न नौ परियोजना चयन भएका थिए ।
विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँगको छुट्टाछुट्टै शिष्टाचार भेटमा बीआरआई परियोजनामा चीन सकारात्मक रहेको बताएका हुन् । ‘नेपाल चीनको सदाबहार मित्र हो । हामी सधंै सहकार्य गरेर अघि बढ्नुपर्छ । लामो समयदेखिको चिनियाँ उच्चस्तरको भ्रमणको दुरी पनि अब पूरा हुनेछ,’ विदेशमन्त्री वाङलाई उधृत गर्दै एक अधिकारीले भने, ‘चीन छिमेकलाई साथ लिएर विकास गर्न चाहन्छ । हामी एउटै क्षेत्र र उही परिवेशमा छौं । विकासमा सहकार्य अपरिहार्य हुन्छ ।’
राष्ट्रपति भण्डारीले आफूले बेइजिङ भ्रमणका क्रममा भएको सहमतिको विषय उठाएकी थिइन् । यस्तै प्रधानमन्त्री ओलीले दुई यसअघि भएको सहमति कार्यान्वयनमा जोड दिएका थिए ।‘भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भयो । प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध थप उचाइमा पु¥याउन प्रतिबद्ध रहेको बताउनुभएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले भने, ‘प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै सम्बन्ध थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ।’
प्रधानमन्त्री ओलीले विगतका सहमतिअनुसार अघि बढ्ने धारणा राखेका थिए । ‘दुईपक्षीय सम्बन्धका विभिन्न पक्ष छन् । शैक्षिक, सामाजिक, पूर्वाधार विकासलगायत सबै क्षेत्रमा सहयोग विस्तार गर्ने र चीनले नेपाललाई महत्वका साथ हेर्दै अगाडि बढाउने विषयमा नेपाल खुसी छ,’ ओलीलाई उधृत गर्दै डा। भट्टराईले भने । प्रधानमन्त्री ओलीले विदेशमन्त्री वाङलाई नेपाल एक चीन नीतिका पक्षमा रहेको स्पष्ट पारेका थिए ।
परराष्ट्र सचिव शंकरदास बैरागीले विगतमा भएका सम्झौता अघि बढाउने र सहकार्य गर्दै पर्यटन, लगानी र द्विपक्षीय व्यापार विस्तारमा काम अघि बढ्ने विषयमा छलफल भएको बताए ।
उच्चस्तरीय भ्रमण हुन्छ स् वाङ
चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति सीले चाँडै नै नेपाल भ्रमण गर्ने बताएका छन् । ‘चीनबाट उच्चस्तरीय भ्रमणको तयारी हुँदैछ । त्यो भ्रमण उपयुक्त समयममा हुने नै छ,’ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने । प्रधानमन्त्री ओलीले नेपालले चीनबाट उच्चस्तरीय भ्रमण चाँडो होस् भन्ने चाहेको स्मरण गराएलगत्तै वाङले त्यस्तो धारणा व्यक्त गरेका हुन् । उनले सबै जसो भेटभाटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण छिट्टै हुने बताएको अधिकारीहरूले जानकारी दिए । चिनियाँ राष्ट्रपतिको भ्रमणको विषयमा लामै छलफल भएको थियो । राष्ट्रपति भण्डारीले पनि चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न पाउनु गौरवको विषय हो भन्दै यसबाट द्विपक्षीइ सम्बन्ध थप सुदृढ हुने बताएकी थिइन् ।
ओलीलाई सीको सन्देश
प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली खच्याङले सुस्वास्थ्यको कामनासहित सफलताको शुभकामना पठाएका छन् । उनीहरुको सन्देश शिष्टाचार भेटमा विदेशमन्त्री वाङले पढेर सुनाएका थिए । प्रधानमन्त्री ओली दुई दिनअघि मात्र सिंगापुरमा उपचार गराएर फर्केका थिए । नेपाल राजनीतिक स्थायित्वतर्फ उन्मुख भइरहेको र प्रधानमन्त्री ओलीको नेतृत्वमा विकास परियोजनासमेत अघि बढिरहेको उनीहरुले खुसी व्यक्त गरेका छन् । अन्नपूर्णपोष्टबाट