पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार काश्मिरमा रयाली गर्ने भएका छन् । उनले काश्मिरीको समर्थनमा र्याली गर्न लागेको भन्दै ट्वीट समेत गरेका छन् ।
शुक्रबारको र्याली पाकिस्तान नियन्त्रित काश्मिरको मुजफरवादमा हुनेछ । काश्मिरलाई भारतले प्रदान गर्दै आएको विशेष राज्यको धारा संविधानबाट नै खारेज भएपछि इमरानले यो विषयलाई घरेलु राजनीति देखि अन्तर्राष्ट्रिय तहसम्म पुर्याएका छन् । भारतको कदमको विरुद्ध इमरान उभिएका छन् ।
ट्वीटमा भनेका छन्, ‘हामी अन्तिम स्वाससम्म काशिमीरीको साथमा हुनेछौं ।’ इमरानले भारतमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन संयुक्तराष्ट्रसंघीय मानवअधिकार नियोगसम्म विषय पुर्याइसकेको छ । उसले छिमेकी देखि बाह्य समर्थन पाउन पहल समेत गर्दै आएको छ ।-एजेन्सी Photo Source: Vox