कोहलपुर, भदौ २९ । शुक्रबार बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ ।
जाजरकोटको छेडागाड नगरपालिका ९ की २० वर्षीया कमला अधिकारीले जन्माएको शिशु जन्मँदै मृत्यु भएको भनेर भेरी अस्पतालले बुझाएपछि गाड्न लैजाँदै गर्दा शिशु जीवितै भएको थाहा भएको थियो। शिशुलाई एनआइसीयुमा राखेर उपचार गर्दै गर्दा २४ घण्टाभित्रै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल प्रशासनले घटनाको सत्यतथ्य छानबिन गर्नका लागि स्त्रीरोग विशेषज्ञ कल्पना थापाको संयोजकत्वमा शनिबार पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक हप्ताको म्याद दिइएको अस्पताल प्रशासनले जनाएको छ।