Logo

शौचालय सफाईका श्रीकृष्ण



हाँस्यकालाकार श्रीकृष्ण सिंखडा फोहोर शौचालय खोज्ने क्रममा आफै अध्ययन गरेको विद्यालय पुगे । आदर्श उच्च मावि भद्रवासमा पुगेर शौचालय हेरे निकै सफा देखे । तैपनि उनी सफाई कर्मचारीसँग बसेर सफा गर्न थालेपछि उनी अध्ययन गर्दाका प्रधानाध्यापक र शिक्षकहरु आएर स्यावासी दिए । उनीहरुले पनि श्रीकृष्णलाई साथ दिए ।

श्रीकृष्ण आजकल जहाँ जहाँ फोहोर शौचालय छ त्यहाँ उनी पञ्जा मास्क लगाएर बुरुस झिकेर सफा गर्न थालिहाल्छन् ।काठमाडौंबाट उनले शौचालय सफाई अभियान थालेका हुन् । यसलाई देशभर संचालन गर्ने योजना बनाएका छन् । उनले काठमाडौंका धेरैवटा विद्यालयको शौचालय सफा गरिसके । पशुपति मावि चावहिलको शौचालय सफा गर्न पुगे । शौचालय टलक्क टल्काए । विद्यालय र अस्पताल जस्तो स्थानमा झन् शौचालक सफा हुनुपर्ने बताउँछन् सिंखडा । यो अभियान देशव्यापी बनाउने उनको भनाई छ ।

उनी फोहोर शौचालल भएको विद्यालय र अस्पताल खोज्दै हिंडेका छन् । शौचालय सफा गरेपछि भविष्यमा व्यवस्थापनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्छन् । उनी भन्छन्, ‘सभ्य हो होइन चिनाउने शौचालय पनि हो । त्यसैले शौचालय सफा हुनैपर्छ ।’

देशका जुनसुकै नेताको बोलीको नक्कल गर्न सक्ने श्रीकृष्ण सिंखडा रेडियो कार्यक्रम पनि चलाउँछन् । सामाजिक उत्तरदायित्व सम्झेर शौचालय सफाई अभियानमा लागेको भन्दै सबैको साथ मिलिरहेको बताए । देशभर शौचालय सफा बनाएर छाड्ने प्रतिज्ञा गरे सिंखडाले ।



प्रतिक्रिया दिनुहोस्