Logo

उपत्यकामा डेङगुसंगै स्क्रब टाइफस, हालसम्म तीन जनाको मृत्यु



काठमाडौं, ८ असोज । उपत्यकामा डेङगुसंगै स्क्रब टाइफस पनि फैलिएको छ । मुसामा हुने माइट नामको जीवाणुबाट मानिसमा सर्ने स्क्रब टाइफसबाट साउन यता एक सय जना व्यक्ति संक्रमित भएका छन् भने तीन जनाएको मृत्यु भईसकेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा प्रवक्ता अनुप बाँस्तोलाले अस्पतालमा साउनयता तीन सय ४२ जनामा स्क्रब टाइफसका बिमारी भर्ना गरेको जनाए ।

स्क्रब टाइफस हालसम्म ६३ जिल्लामा फैलिसकेको छ । आजको गोरखा पत्र दैनिकमा सरोज ढुङगेलले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्