डा. के के राई स्वास्थ्य मन्त्रालयका सल्लाहकार हुन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
अहिले स्वास्थ्य मन्त्रालयको कन्तबिजोग छ नि किन ?
कस्तो काम हुनुपर्छ ।
अहिलेसम्म कर्मचारी सहायोजन भएको छैन रे नि ?
कर्मचारी समायोजन गर्ने काम सामान्य प्रशासनको हो । त्यहाँबाट यो काम भइराखेको छ । कर्मचारी समायोजन गर्ने काम मन्त्रीले गर्ने होइन ।
मन्त्रीको दायित्व होइन आफ्नो मन्त्रालयका कर्मचारीले के के गरेका छन् भनेर हेर्ने ?
हामीले चुस्तदुरुस्त ढंगले काम गर्नुहोस् भन्ने मात्र हो । काममा वाधा अड्चन आउनु हुँदैन भन्ने हो ।
तपाईंहरुले त्यसो भनिरहँदा पनि काममा त वाधा भइरहेको छ नि ?
काममा वाधा भएको छैन । यो गलत प्रचार मात्र हो । हुनुपर्ने कामहरु भइराखेकै छ ।
आवश्यक ठाउँमा कर्मचारी नै नपुगेपछि कसरी काम हुन्छ ?
समायोजनको काम अफिसियल प्रक्रियामा भइराखेको हुन्छ । केही कर्मचारीहरुले अत्तालिएर मलाई छिटो चाहियो भनेका होलान् ।
हिजो मन्त्रालयमा कर्मचारीहरुको लाइन थियो किन ?
ती कर्मचारी होइनन्, उनीहरुका मान्छेहरु हुन् । कर्मचारी त आ–आफ्नो ठाउँमा काम गरिराखेका हुन्छन् ।
धेरै कर्मचारीहरु मन्त्रालय थिए हिजो म पुग्दा किन ?
३० हजारको हाराहारी कर्मचारी भएको ठाउँमा १-२ सय जना काठमाडौं आउनु ठूलो कुरा होइन । तर, जति बाहिर हल्ला भएको छ त्यो सत्य होइन । समायोजनमा केही ढिला भएको हो ।
किन ढिला भयो त ?
अरु मन्त्रालयमा समायोजन भइसकेको छ । यो मन्त्रालयमा विविध प्राविधिक कारणले ढिला भएको छ । सामन्य प्रशासन मन्त्रालयले स्वास्थ्यमा कतिपय प्राविधिक कारणले गर्दा अप्ठ्यारो भएको छ भन्ने आएको छ । कर्मचारी समायोजन गर्ने काम स्वास्थ्य मन्त्रालयको होइन । यो नितान्त सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी हो । समायोजन ऐनमै उहाँहरुको जिम्मेवारी भित्रपर्छ ।
स्वास्थ्य जस्तो सम्वेदनशील ठाउँमा अहिलेसम्म किन कर्मचारी समायोजन गर्न वेखबर भएर बस्नुभएको ?
बेखर होइन । भइराखेको छ ।
कहिलेसम्म गर्नुहुन्छ ?
माथिल्लो तहका कर्मचारीहरुको समायोजन धेरै पहिला भइसकेको छ । जुन फस्ट क्लास, सेकेन्ड क्लास भइसकेको छ । त्यसभन्दा तल्लो तह जस्तो आठौं, सातौं, छैंटौं, पाँचौंको कुरा छ । त्यसमा समायोजनका लागि मन्त्री चाहिने होइन । सचिव स्तरीय निर्णयबाट भइराखेका पनि छ बाँकी पनि छिट्टै हुन्छ । सचिवहरु परिवर्तन भएर पनि केही ढिला भएको छ । यो प्राविधिक मन्त्रालय भएकाले यहाँ विविध किसिमका प्राविधिक कारण हुन्छन् । यस्तै कारणले गर्दा ढिला भएको हो ।
चाडहरु आइसकेका छन् यो बेलामा कर्मचारी समायोजन गर्न सक्नुहुन्छ ?
यो विषयमा हामीहरुले सामान्य प्रशासन मन्त्रालयलाई, सचिवलाई साध्दा हुँदै–हुँदै भन्नुहुन्छ । समायोजनको काम सामान्य प्रशासन मन्त्रालय मातहतमै हुने भएकाले उहाँहरुलाई नै सोध्दा राम्रो हुन्छ ।
स्वास्थ्य मन्त्रालयको कुरा गरेको छु,मैले सामान्य प्रशासनको होइन नि ?
यो कामै सामान्य प्रशासन मन्त्रालयको हो ।
सामान्य प्रशासनको होला तर मैले स्वास्थ्यको कुरा गरेको छु नि ?
यो काम गर्ने अधिकार सामान्य प्रशासनलाई ऐनले नै दिएको । त्यही मातहतका सचिव, सह–सचिवहरुले गर्ने हो । उहाँहरुकै नीति, निर्देशनअनुसार नै हुने हो । कतिपय कुरामा क्याविनेटमा पनि जानुपर्ने हुन सक्छ । सिधै एउटा मन्त्रालयको मन्त्रीले आदेश दिएर हुने होइन ।
छिटो गर्ने भनेर मात्रै भएन अब गर्ने कि नगर्ने ?
उहाँहरुले अलिकति ढिलाई भएको हो । प्राविधिक कारण भएकाले हामीहरु मिलाउँदै छौं भनिरहनुभएको छ । तर, कर्मचारी समायोजनको काम लगभग सिद्धिएकै अवस्थामा पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको कर्मचारी समायोजन दशैंअघि नै सकिन्छ ?
लगभग यो हप्तामा सकिन्छ ।
डेंगोको प्रभाव नेपाल सकियो ?
धेरै नै कम भएर गएको छ । मान्छेहरु आत्तिका मात्रै हुन् । पछिल्लो एक हप्ता यताबाट धेरै कम भएर गएको छ ।
स्वास्थ्य तथा उप–प्रधानमन्त्री उपेन्द्र यादवको काम विदेश घुम्ने मात्र हो ?
सबैलाई थाहा भएकै कुरा हो । संयुक्त राष्ट्रसंघको भेला भइरहेको छ । त्यसमा उहाँ उपप्रधानमन्त्री पनि भएकाले नेपालको तर्पmबाट कतिपय सेसनहरुमा आपैmले अध्यक्षता पनि गर्नुपर्ने छ भनेर निम्ता आएको छ । त्यसले पनि उहाँ केही समय बस्नुपर्ने भएको हो ।
उप–प्रधानमन्त्री परराष्ट्र मन्त्रीको डेलिगेसनमा किन जानुभयो ?
स्वास्थ्य मन्त्रीको हैसियतले जानुभएको हो । कतिपय कार्यक्रममा उहाँको अध्यक्षतामा पनि सेसनहरु चल्छन् । त्यसको लागि उहाँलाई युएनबाट छुट्टै निमन्त्रणा थियो । युएनबाट चल्ने त्यो सेमिनार स्वास्थ्य सम्बन्धी भएकोले पनि उहाँ जानुपरेको हो । उहाँ परराष्ट्र मन्त्रीसँग जानुभएको होइन । स्वास्थ्यसम्बन्धी विशेष कार्यक्रममाको अध्यक्षता गर्न जानुभएको हो । उहाँहरुको एउटै कार्यक्रम होइन ।