Logo

रेलका नाममा नेपाललाई ऋणमा डुबाउने ठिक हुन्न । हुन्न- रामकृष्ण यादव



काठमाडौं, १७ असोज । नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले नेपालमा रेलको सपना नभई साकार बनाउने काम गर्नुपर्ने बताएका छन् । उनले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग विशेष कुराकानी गर्दै देशको आन्तरिक राजनीतिक र बाह्य सम्बन्धबारे धारणा राखेका छन् । उनीसँग गरिएको कुराकानीः

दशैं कसरी मनाउँदै हुनुहुन्छ ?
दशैं नेपालीहरुको महान चाड हो । हिमाल, पहाड र तराई सबैतिर उल्लासमय वातावरणमा मनाइँदै छ । सबै वर्ग समुदायहरुले आफ्नो गच्छेअनुसार भगवतीको पूजाअर्चना गरेर मनाइरहेका छन् । इष्टमित्रहरुमा शुभकामना आदानप्रदान गर्ने काम पनि भइरहेको छ । यो चाडलाई आम नेपाली दाजुभाइ दिदीबहिनीहरुले आपसी एकता र सद्भावको रुपमा लिनुभएको छ । तराईंमा पनि त्यसैगरी लिनुभएको छ ।
किसानहरुमा ठूलो समस्या छ त्यसले दशैंमा केही असर परेको छैन ?
अहिले देशमा दुईतिहाईको सरकार छ । यसले जनहितको लागि के के गरेको भन्ने ठूलो कुरा हो । संविधानमा देखिएका असन्तुष्टिको संसोधन अहिले गर्न सक्नुभएको छैन । बहुसंख्यक नेपालीहरु कृषिमा निर्भर छन् । हिमाल, पहाड र तराईं सबैतिर धान रोप्ने बेलासम्म पनि मल नपाएर चिन्ति भइरहेको अवस्था छ । रोपाईं गर्ने बेलामा सिंचाईंको त्यत्तिकै अभाव छ । बल्लतल्ल रोपाईं त गरे तर अहिले पानी पर्न थालेको छ । यो बेला बलको अभाव भइरहेको छ । त्यो अभावको त कुरै नगरौं । इण्डियाका बार्डरहरुमा सुरक्षाकर्मी तैनाथ छन् । उनीहरुले सिंगो बोरा मल पनि ल्याउन दिँदैनन् । त्यसलाई दुई÷तीन टुक्रा बनाएर ल्याउनुपर्ने अवस्था छ । किसानहरुले भनिरहँनु भएको छ कि स्थानीय, प्रदेश र केन्द्रीय सरकार कहाँ छ ? संघीय लोकतान्त्रिक गणतन्त्र कहाँ छ ? दुईतिहाईको सरकारका कहाँ छ ? संविधानपछि स्थापित भएको सरकारले जनतालाई किन दुःख दिइरहेको छ ? भन्ने विषयमा ब्यापक जनगुनासो आइरहेको छ । यो देशमा सरकार भएको अनुभूति जनताले गर्न पाएका छैनन् । तिनै तहका सरकारहरुले जनतालाई खाली झुठा आस्वासन मात्रै दिइरहेका छन् ।
तपाईं त कृषि मन्त्री भइसकेको व्यक्ति, यो समस्या कसरी समाधान गर्न सकिन्छ ?
किसनहरु महंगीको चपेटामा परेका छन् । बिहान त्यही सामानको एउटा भाउ छ । बेलुका अर्को भाउ छ । दिनप्रतिदिन अति आवश्यक खाद्य सामग्री जस्तै दाल, चामल, तरकारी, तेललगायतका मुल्य बृद्धि भइरहेको छ । विभिन्न ठाउँमा सस्तो बजार सञ्चालन भएका छन् । तिनीहरु खाली नाम मात्रका छन् । त्यहाँ पनि सामानहरु अति महंगो भाउ बिक्री वितरण गरिएको छ । बजार भाउ नियन्त्रणमा अनुगमन, प्रशासनको उपस्थिति सून्य प्रायः छ । जसरी अनियन्त्रित तरिकाबाट बजार बढेको छ । त्यसलाई नियन्त्रण गर्ने कुनै निकाय छैन । यसमा सरकार मुखदर्सक भएर बसेको छ । पुरा मनपरी ढंगले कालोबजारी भइरहेको छ । व्यापक रुपमा मूल्य अनियन्त्रित भएकाले जनतामा असन्तुष्टि पैmलिएको छ । बजार भाउ नियन्त्रणमा सरकारको उपस्थिति छैन । जनता महंगो भाउमा गुणस्तरहिन सामान उपभोग गर्न वाध्य छन् ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सफल बनाउन कांग्रेस तम्तयार छ ?
तपाईंकै माध्यमबाट सबैले थाहा पाइरहनुभएको छ । चिनियाँ राष्ट्रपतिजी भारत भ्रमणबाट नेपाल आउँदै हुनुहुन्छ । भारत र चीनको बीचमा रहेको देश नेपाल हो । हामी भारत र चीन दुवै देशको सम्बन्धलाई समान रुपमा लिन चाहन्छौं । जहाँसम्म नेपाल–भारतबीच रोटी बेटीको सम्बन्ध रहँदै आएको छ । भौगोगिक र आवतजावतको रुपले पनि भारतसँग हामी नजिक छौं । भारतसँग नजिक हुँदै गर्दा चीनसँग टाढा त्यो पनि होइन । जसरी लामो समयपछि विकसित मुलुक चीनका राष्ट्रपति नेपाल आउँदै हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसको तर्पmबाट निश्चित रुपमा स्वागत र सम्मान हुन्छ । उहाँले पनि नेपालप्रति आफ्नो दृष्टिकोण राख्नुहुन्छ । त्यो हेर्न नेपाली दाजुभाइ दिदीबहिनीले चाहना राखिरहनुभएको छ । हामी चाहन्छौं हाम्रो जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ । उहाँले पनि यो संसोधन गरेर राम्रोसँग कार्यान्वयन होस् भनेर आफ्नो धारणा व्यक्त गर्नुहुने छ । उहाँको नेपाली कांग्रेसको तर्पmबाट स्वागत हुन्छ ।
केरुङबाट काठमाडौं रेल आउँदैछ, त्यो अनुदानमा ल्याउने कि ऋणमा के भन्नुहुन्छ ?
होइन अनुदानमै दिन्छ भने ठिक छ नत्र ठिक हुन्न । हरेक कुरा नेपालालाई ऋणमा किन पार्ने ? ऋण भनेको ऋणै हो । कम्तिमा पाँच वर्षमा त त्यो तिर्नैपर्छ । अनुदानमै दिन्छन् भने नेपाली जनताको लागि हितकर नै हुन्छ । भोलिको दिनमा त्यसलाई चुक्ता गर्नुपर्छ । अनुदानमै लिँदा नेपाल र नेपालीको लागि अहिलेको अवस्थामा राम्रो हुन्छ ।
कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख खाली यो अवस्था कांग्रेसले दावी गर्छ ?
सभामुख पद खाली भएको छ । महराजीको जुन कुरा बाहिर आएको त्यो दुःखद हो । त्यो कुनै व्यक्ति होइन, सभामुख भनेको धेरै महत्वपूर्ण पद हो । जे भएको अति नै दुखद् भएको छ । जहाँसम्म खाली भएको कुरा छ । त्यो संविधानमै उल्लेख भएको कुरा हो । लिंग र दलको आधारमा पनि फरक हुनुपर्छ । एउटा दलको सभामुख छ भने अर्को दल उपसभामुख । एउटा लिंगको सभामुख छ अर्को लिंगको उपसभामुख हुनुपर्छ । नेपाली प्रमुख प्रतिपक्ष पार्टी र प्रतिपक्षको भूमिका नै सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यस कारण नेपाली कांग्रेस पनि यसमा दावेदार छ । सत्ता रुढदलले पनि त्यो पद प्रमुख प्रतिपक्षलाई दिँदा नै अहिलेको अवस्था राजनीतिक सहमतिको वातावरण राम्रो हुन्छ । संसद् एक भएर अगाडि बढ्नका लागि सभामुख प्रतिपक्षलाई नै दिँदा उचित हुन्छ ।
सत्तापक्ष तयार छैन तपाईंहरुलाई उपसभामुख लिनुपर्छ भन्दै छ नि ?
त्यसमा त सत्तारुढ पार्टीले उदारता देखाउनुपर्छ । निश्चित रुपमा सबैलाई थाहा भएकै कुरा हो नेपाली कांग्रेससँग बहुमत छैन । उहाँहरुसँग दुईतिहाई छ । दुईतिहाईको सरकार त उहाँहरु चलारहनुभएकै छ । नेपाल कांग्रेस पनि एउटा ऐतिहासिक पार्टी हो त्यसैले सभामुख पद दिँदा राम्रो हुन्छ । सभामुख कांग्रेसलाई दिएर जाँदा संसद्को गरीमा पनि बढ्छ । अहिले मुलुकको विकास निर्माणका कुरा हरेक चुनौतीहरु छन् । त्यसलाई यसले राम्रो वातावरण सिर्जना गर्दछ । File Photo



प्रतिक्रिया दिनुहोस्