Logo

ओसाकाले अन्त गरिन् किशोरी बियान्सको १७ खेलको अपराजित यात्रा



टेनिस दुनियाँमा सनसनी मच्चाइरहेकी क्यानडाकी १९ वर्षीया किशोरी बियान्का एन्ड्रीकुको लगातार जीतमा जापानी खेलाडी नाओमी ओसाकाले रोकिदिएकी छिन् । बेइजिङ ओपनमा ओसाकाले बियान्कालाई सघर्षपूर्ण खेलमा पराजित गरेकी हुन् ।

गएराति सम्पन्न खेलमा ओसाकाले ५-७, ६-३ र ६-४ ले खेल आफ्नो पक्षमा पारिन् । सन् २०१८ को युुुएस ओपन विजेता ओसाका र २०१९ की विजेता बियान्काबीचको खेल निकै रोमाञ्चक थियो । १७ खेल अपराजित रहेकी वियान्काको ओसाकाको आत्मबलसँग केही लागेन । ओसाकाले पहिलो सेट हार्नुका बाबजुद दोस्रो र तेस्रो सेट जितेकी थिइन् ।

जीतपछि सेमिफाइनलमा ओसाकाको भेट सावित विजेता केरोलिन वज्नियाकीसँग हुनेछ । ओसाकालाई प्रतियोगिताको प्रमुख दाबेदारका रुपमा लिइएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्