Logo

केरुङ-काठमाण्डौ सुरुङमार्ग अघि बढ्छ : चिनियाँ राष्ट्रपति



काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा आज साँझ काठमाडौं आईपुगेका चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटको क्रममा चिनियाँ राष्ट्रपति सीले चीनको सहयोगमा केरुङ-काठमाण्डौ सुरुङ मार्ग सम्बन्धी परियोजना अघि बढ्ने संकेत गरेका छन् ।

उनले नेपाल अब भूपरिबेष्ठित देशबाट भूजडित देश हुने भनेर घोषणा समेत गरेका थिए । उनको यो भनाईसँगै यो परियोजना अघि बढ्ने संकेत देखिएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय रात्रिभोजमा सम्बोधन गर्दै उनले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको पनि बताएको शितलनिवास स्रोतले जानकारी दिएको छ ।

यस्तै उनले नेपाल भ्रमण बर्ष-२०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने पनि धारणा राखेका छन् । सोल्टी होटलमा आयोजित रात्रिभोजमा शुरुमा राष्ट्रपति भण्डारीले स्वागत मन्तव्य राखेकी थिईन् । त्यसपछि सम्बोधन सुरु गरेका चिनियाँ राष्ट्रपति सीले ‘नमस्ते’ भनेर सम्बोधन सुरु गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्