Logo

गुणस्तर परिक्षण गर्न संकलन गरेको सुन गायव



काठमाडौं, २९ असोज । गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।

संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् ।आजको कान्तिपुर दैनिकमा राजु चौधरीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्