अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिकेप टेइप इरडोगेनलाई मूर्ख नबन्द भन्दै कडा पत्र लेखेका छन् । उनले पत्रमा कठोर व्यक्ति नबन्न र समझदारीमा आउन सम्झाएका छन् ।
अन्तराष्टिय मिडियाले ट्रम्पले लेखेको पत्र सार्वजनिक गरेका छन् । ९ अक्टोबरमा टर्कीका राष्ट्रपतिका नाममा लखेको पत्रमा भनिएको छ, कठिन व्यक्ति नबन्नु । मूर्ख नबन्नु ।
हजारौं मानिसहरुको हत्यामा जिम्मेवार नबन्न समेत ट्रम्पले सम्झाएका छन् । उनले टर्कीको अर्थतन्त्र ध्वस्त पारिदिने चेतावनी समेद दिएका छन् ।
टर्कीले पछिल्लो समय सिरियाका कुर्दिस विद्रोहीमाथि कारबाही चलाएको छ । सिरियामा भएको हमलाका क्रममा लाखौं मानिस विस्थापित भएका छन् । यस घटनाले सिरियामा थप संकट परेको छ ।-
–एजेन्सी