Logo

बूढीगण्डकी अनिश्चितः कर उठाको उठायै



काठमाडौं, १ कात्तिक ।१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठायो।  आयोजना भने अझै बन्ने/नबन्ने अत्तोपत्तो छैन। सरकारले बूढीगण्डकीका नाममा कर पनि उठाउन छाडेको छैन।

आयल निगमका अनुसार घोषणा भएदेखि ३५ अर्ब ३२ करोड रुपैयाँ उठिसकेको छ। पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२/७३ देखि ‘स्वच्छ ऊर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् आयोजना’का नाममा पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सारबिन्दुमै जनही प्रतिलिटर पाँच रुपैयाँका दरले उठाउन सुरु गरेको हो। चालू आवको साउन र भदौसम्ममा १ अर्ब ४२ करोड ५१ लाख रुपैयाँ उठिसकेको छ।

यस्तो कर नउठाएको भए पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर तीनदेखि चार रुपैयाँ सस्तो हुने निगमले जनाएको छ।आजको अन्नपूर्ण पोष्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्