काठमाडौं, कार्तिक १० । यस पटकको तिहार पनि आयातमै निर्भर छ।भारत लगायत तेस्रो मुलकुबाट आयात गरिएको बस्तुको लागि यस वर्ष करिब साढे दुई अर्ब बाहिरिएको छ। तिहारका लागि आवश्यक वस्तु स्वदेशमै उत्पादन नहुँदा भारतसहित तेस्रो मुलुकबाट आयात गरिएको समानले अहिले शहर बजार भरिभराउ भएको छ।
झिलिमिली बत्ती, मिठाई, सयपत्री र मखमली फूल तथा भाइमसला तिहारमा नभइनहुने वस्तु हुन्। औपचारिक रूपमा तिहारमा दुई अर्ब ७५ करोड मूल्यबराबरका यस्ता वस्तुको कारोबार हुन्छ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र टीईपीसीले उपलब्ध गराएको पछिल्लो दुई महिना साउन र भदौ को तथ्यांकअनुसार ६१ करोड ५५ लाख मूल्यबराबरको झिलिमिली बत्ती र एक अर्ब ४६ करोड ८३ लाख रुपैयाँको भाइमसला काजु, ओखर, बदाम, पेस्ता, किसमिस, नरिवल, छोकरा, सुपारी आयात भएको छ।
यस्तै फ्लोरिकल्चर नेपालका अनुसार गैरपुष्प व्यवसायीले चार करोड ८० लाखको सयपत्री फूल आयात गरेका छन्। रंगोलीका लागि प्रयोग हुने रङ, कृत्रिम पुष्पको माला, मैनबत्तीका साथै सुनचाँदी, पूजा गर्ने सामग्रीको तथ्यांक यसमा समावेश छैन।
सामान्य दिनमा मुलुकभर दैनिक आठ सय किलो चाँदी खपत भए पनि दैनिक दुई हजार किलो खपत हुने गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तिहारका लागि भनेर रात पर्ने्बित्तिकै बिजुली बत्ती बलेर घरको सान बढाए पनि यसको नाममा करोडौं रुपैयाँ बिदेसिएको छ। झन्डै ९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आयात हुन्छ। बाँकी १० प्रतिशत भारतलगायत तेस्रो मुलुकबाट आयात गरिदै आएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खवर छ ।