Logo

सरकार समृद्ध नेपाल बनाउने लक्ष्यमा अघि बढिरहेको छ : गृहमन्त्री थापा



काठमाडौं, १० कात्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार देश र जनताको हितमा काम गरिरहेको बताएका छन् । उनले सरकार जनताको चाहाना अनुसारको सुखी नेपाली र सम्वृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ अगाडी बढेको बताएका छन् । नेकपा चाँगुनारायण नगर वडा नम्बर ५ कमिटिले छालिङ्गमा गरेको आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘देशलाई समाजलाई, नगरलाई, गाउँलाई सम्वृद्ध बनाएर दुःखबाट मुक्त हुने हाम्रो चाहाना हो ।’ नेपालमा पछिल्लो समय तीव्रगतिमा विकाश भइरहेको र आर्थिक वृद्धिदर ७.१ प्रतिशतभन्दा धेरै भएको तथ्यांक आएको गृहमन्त्री थापाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्