इस्लामिक स्टेटका नेता अली बकर अल बगदादी लुकेर बसेको घर कम्पाउन्डमा अमेरिकी सेनाले कारबाही चलाएको थियो । बगदादी भागेर टनलमा पुगेको र त्यहीं आत्मघाती बम बिष्फोट गराएर आत्महत्या गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बगदादी मारिएको घोषणा गर्ने क्रममा कारबाहीपछि भागेर आत्मघाती ज्याकेट पड्काएर मरेको खुलासा गरेका हुन् । उनले आइतबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर बगदादी तीन सन्तानसहित मरेको जानकारी गराए । बम बिष्फोटका कारण बगदादीको शरीर क्षतविक्षत भएको समेत बताए ।
घटनामा बगदादीका ११ जना सन्तान बचेको भएपनि धेरै साथीहरु मारिएको जानकारी दिए । अन्तिम समयमा निकैडराएको र कातरको शैलीमा भागेर र रोएर मरेको सुनाए । ट्रम्पले ह्वाइट हाउसमा बसेर बगदादी मारिएको प्रत्यक्ष हेरेका थिए ।
-एजेन्सी
Photo Source: Vox